बलिउडमा ६५ कटेकामाथि किन लगाइयाे प्रतिबन्ध?

मुम्बई । विश्वभर फैलिएकाे कोरोना भाइरसकाे कहरले बलिउड क्षेत्र नराम्राे सँग प्रभावित भएकाे छ। साेही क्रममा काेराेना कहरले वृद्ध कलाकारको गाँस खोस्ने अवस्था आएकाे छ। बलिउड फिल्मको छायांकनमा ६५ वर्षभन्दा माथिका कलाकारलाई प्रतिबन्ध लगाउने निर्णयपछि यस्तो अवस्था आइपरेको हो।

स्मरण रहोस्, महाराष्ट्र सरकारले आगामी २० जुनदेखि मुम्बईमा सर्तसहित फिल्मको सुटिङ खुला गर्ने निर्णय गरिसकेको छ। ६५ वर्षभन्दा बढीका पाका कलाकारले यो निर्णय उपयुक्त नभएको टिप्पणी गरेका छन्। चरित्र अभिनेता राजा मुराद भन्छन्, ‘यो निर्णय व्यावहारिक छैन। फिल्‍ममा अभिभावकको रोलका लागि सिनियर कलाकार नै चाहिन्छ। ’

बलिउडमा अमिताभ बच्चनदेखि मिथुन चक्रवर्ती, अनिल कपुरसम्म वृद्ध तर चर्चित कलाकार छन्। चिकित्सकका अनुसार कोरोना भाइरस संक्रमणको उच्च जोखिम वृद्धवृद्धा तथा बालबालिकामा बढी हुन्छ। यसै तथ्यलाई मध्यनजर गर्दै मुम्बईको महाराष्ट्र सरकारले ६५ वर्ष उमेर बढीका कलाकारलाई सुरक्षाका दृष्टिकोणले सुटिङमा रोक लगाउने निर्णय गरेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार