नेपालमा काेराेना संक्रमितकाे संख्या ५ सय नाघ्याे

काठमाडाैं । नेपालमा काेराेना संक्रमितकाे संख्या ५०७ पुगेकाे छ । नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुगेको हाे ।

सेती प्रादेशिक अस्पताल, भेरी प्रायोगिक अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयकाअनुसार डडेलधुरा र वैतडीमा पनि संक्रमण देखिएको छ । डडेलधुराको पराशुराम-१० का २८ वर्षीय पुरुष र वैतडीको शिवनाथ-१ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै कैलालीमा तीन जनामा संक्रमण पुष्टि भएको छ । जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्ट भएको हो ।

यस्तै बाँकेमा १४ जना संक्रमित थपिएका छन् । उनीहरु १८ देखि ६१ वर्ष उमेरका पुरुषहरु छन् । उनीहरु मध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् । यस्तै मोरङको रतुवामाई- २ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार