प्रधानमन्त्रीले आज नीति तथा कार्यक्रममाथि जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नका जवाफ आज संसदमा दिने भएका छन् । संसद बैठक मध्याह्न १२ बजेका लागि बोलाइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमाथि सत्तारुढ दल र विपक्षी दलका सांसदले विभिन्न प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले आज जवाफ दिन लागेका हुन् ।

आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा आइतबार र सोमबार दुई दिनसम्म छलफल भएको थियो । बिभिन्न राजनीतिक दलका तर्फबाट नीति तथा कार्यक्रममा सात वटा संशोधन प्रस्तावसमेत परेको छ । प्रस्तावहरुउलाई पनि निर्णयार्थ प्रस्तुत गर्ने र त्यसपछि नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार