नेपालमा काेराेना संक्रमितकाे संख्या १ सय १० पुग्याे

काठमाडौं । उदयपुरको भुल्केका थप एक जनामा कोरोना संक्रमण भेटिएको छ ।

विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा भुल्केका एक महिलामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या ११० पुगेको छ । योसँगै उदयपुरमा एकैदिन चार महिलामा कोरोनाको संक्रमण देखिएको छ।

आज विहान ३ जना भुल्केकै महिलाहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । विराटनगरको कोसी अस्पतालमा उनीहरुलाई भर्ना गरिएको छ ।

आज थपिएकी संक्रमितलाई भने सोमवार अस्पताल पठाउने जिल्ला स्वास्थ्य कार्यालयले तयारी गरेको छ ।

यो सँगै आज एकैदिन ८ जनामा कोरोना संक्रमण भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार