नेपालमा थप एक व्यक्तिमा कोरोना भाइरस संक्रमण

काठमाडौं । नेपालमा थप एक व्यक्तिलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको विहीबार भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप एक जनालाई कोरोनाभाइरस संक्रमण भएको बताएका हुन् ।

यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६ पुगेको छ । कोरोना संक्रमित छैटौ व्यक्ति गत चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ विमानबाट नेपाल आएका थिए ।

यसअघि सोही विमानबाट नेपाल आएका दुई जनालाई पनि कोरोनाभाइरस पोजेटिभ देखिएको थियो । र, हाल उनीहरु काठमाडौंको टेकु अस्पतालमा उपचारकै क्रममा छन् ।

कोरोनाभाइरस संक्रमित एक जनाको भने निको भइसकेको छ । हालसम्म नेपालमा ११८४ जनालाई कोरोनाभाइरस परीक्षण गरिएको पत्रकार सम्मेलनमा देवकोटाले बताए । हाल काठमाडौंमा ४३ जना धरानमा १२ जनामा पनि परीक्षण भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार