‘मन्त्रीहरुमाथि नै भ्रष्टाचारकाे आरोप लाग्नु गम्भीर विषय हाे’

काठमाडौं । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले कोरोनाभाइरस (कोभिड–१९) ले मुलुकमा संकट परिरहेको बेला कोरोनाभाइरस उपचार सम्बन्धी सामग्री खरिद गर्दा सरकारका मन्त्रीहरुमाथि नै भ्रष्टाचारको आरोप लाग्नु गम्भीर विषय भएको बताएका छन् ।

कोरोनाभाइरस संक्रमितको उपचारका लागि सरकारले चीनबाट स्वास्थ्य सामग्री ल्याउने क्रममा ठूलो भ्रष्टाचार भएको र जसमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल लगायतकै संलग्नता रहेकाे आरोप लागेको छ ।

स्वास्थ्य सामग्री खरिद प्रक्रियामा जनस्तरबाट व्यापक विरोध भएपछि बुधबार सरकारले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलसँग गरेको ठेक्का सम्झतौ रद्द भएकाे जनाएकाे थियाे । उनले आगो लागेपछि मात्र इनार खन्ने सरकारकाे कार्यशैलीका कारण नेपाली जनतामाथि ठूलो नोक्सानी, पिडा र अपमान भइरहेको उल्लेख गरेका छन् ।

वरिष्ठ नेता राईले विहीबार फेसबुकमार्फत कोरोनाभाइरस सम्बन्धी सामग्री किन्दा भ्रष्टाचारको आरोप लाग्नु गम्भीर विषय रहेको उल्लेख गरेका हुन् ।उनले आगो लागेपछि मात्र इनार खन्ने सरकारकाे कार्यशैलीका कारण नेपाली जनतामाथि ठूलो नोक्सानी, पिडा र अपमान भइरहेको उल्लेख गरेका छन् ।

‘नेपाल सरकारले आगो लागेपछि इनार खन्ने कार्यशैलीका कारण कोभिड–१९ सम्बन्धी सामग्री किन्दा होस् वा भारतबाट फर्कने नेपाली व्यवस्थापन गर्ने सवालमा होस् जनतालाई ठूलो नोक्सानी, पिडा र अपमान भोग्न बाध्य पारेको छ, यो निन्दनीय कार्य हो,’ नेता राईले भनेका छन्, ‘कोभिड–१९ को खतरामा नेपाल रहेको विश्व स्वास्थ्य संगठनको चेतावनी आएपछि यति लामो समय पनि तयारी नगर्नु अनि अपर्झट आइपरेको समस्या भनेर उम्किन खोज्नु, अझ गम्भीर कुरा त भ्रष्टाचारको आरोप समेत लाग्नु सबै गम्भीर अपराध हुन् । सरकार माथि भनिएका समस्याहरुबारे तुरुन्तै कारवाही र व्यवस्थापन गर ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार