कोरोना संक्रमित किशाेरीसँग कतारबाट आएका रतुवामाईका युवा क्वारन्टाइनमा

काठमाडौं । नेपाल प्रहरीले कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली किशाेरीसँगै कतार एअरवेजको विमानमा दोहाबाट नेपाल यात्रा गर्ने अन्य १२५ जना नेपालीको ठेगाना पत्ता लगाइरहेकाे छ। साेही क्रममा माेरङकाे रतुवामाई नगरपालिकामा साेही विमान मार्फत आएका एक युवाकाे पुष्टि भएकाे छ।

साेही विमानमा आएका रतुवामाइ वडा नं. ५ का युवालाई नगरपालिकाका मेयर रविन राईकाे सक्रियतामा काेशी अञ्चल अस्पताल पठाइएकाे छ।
उनले भने,’नेपाली युवतीसँगै कतार एअरवेजको विमानमा ती युवा आएकाे पुष्टि भएपछि काेशी अञ्चल अस्पताल पठाइएकाे छ, र परिवारलाइ पनि निगरानीमा राखिएकाे छ।’

चैत ४ गतेको कतार एअरवेजको विमानमार्फत् उनी नेपाल आएको अध्यागमन अधिकारीहरूले पनि पुष्टि गरेका छन्। फ्रान्सबाट कतार हुँदै फर्किएकी ती १९ वर्षीया विद्यार्थी १५८ जना यात्रु बोकेको क्युआर ६५२ उडानमार्फत् आएको बुझिएको छ।

फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी १९ वर्षीया विद्यार्थीमा कोरोनाभाइरस सङ्क्रमण भएको मङ्गलवार पुष्टि भएपछि प्रहरीले उक्त जहाजमा यात्रा गरेका अन्य नेपालीको खोजी शुरू गरेको हो। नाम र ठेगाना गोप्य राखिएकी ती नेपाली विद्यार्थीको शुक्रराज सरुवा रोग नियन्त्रण अस्पताल टेकु, काठमाडाैँ उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार