कोरोना भाइरसविरुद्ध लड्न समाजवादीका सांसद यादवले एक महिनाको तलब दिने

काठमाडौं । समाजवादी पार्टीका संघीय सांसद प्रदीप यादवले कोरोना भाइरस रोकथामका लागि सरकारले खडा गरेको कोषमा आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका छन् ।

उनले फेसबुकमार्फत उक्त घोषणा गरेका हुन् । पर्सा क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद यादवले कोरोना भाइरसविरुद्ध लड्न सरकारलाई सहयोग गर्नका लागि अन्य सबै सांसदहरुलाई पनि अनुरोध गरेका छन् ।

उनले लेखेका छन्, ‘सबै सांसदहरुसित अनुरोध छ कि सरकारले खडा गरेको कोरोनाविरुद्ध लड्न केन्द्रीय कोषमा एक एक महिनाको पारिश्रमिक जम्मा गरौ र विपत् विरुद्ध लड्न सरकारको साथमा छौ भन्ने आश्वास्त पारौ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार