पाकिस्तानी प्रयासमा शान्ति सम्झौताबाट असन्तुष्ट तालिवान लडाकूहरु अल–कायदामा भर्ती हुँदै

एजेन्सी । दोहामा तालिबान र अमेरिकाबीच शान्ति सम्झौता भएपछि अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना पूर्ण रुपमा फिर्ता लिन सहमत भयो । यद्यपि पाकिस्तानले यस अवसरको फाइदा लिएर अफगानिस्तानमा आतंकवादी समूहलाई सहयोग पुर्याइरहेको छ । स्थानीय सञ्चार माध्यमहरुका अनुसार पाकिस्तानको समर्थनमा अलकायदाले हालै हस्ताक्षर गरिएको अमेरिकी–तालिवानी सम्झौताबाट असन्तुष्ट तालिवानी लडाकुहरूलाई भर्ती गर्न थालेको छ ।

अरिजीत साहा  पाकिस्तानको खुफिया एजेन्सी आईएसआईले ती सबै तालिबानी लडाकुहरूलाई सम्पर्क गरिरहेको छ जो अमेरिका–तालिबानी सम्झौताबाट खुशी छैनन् । एक स्थानीय अफगानिस्तानी मिडियाका अनुसार कुर्नर प्रान्तीय काउन्सिलका स्थानीय अधिकारीहरूले अलकायदा बाहेक पनि अरु थुप्रै आतंकवादी संगठनहरु सो प्रान्तको केही भागमा सक्रिय भएका छन् ।

अफगानिस्तानी सञ्चार संस्था टोलो न्युजले कुर्नर प्रान्तका गभर्नर अब्दुल सत्तार मिर्जकुलकलाई उद्धृत गर्दै पाकिस्तानी खुफियाहरु र अलकायदाले तालिबानी लडाकुहरूलाई आकर्षित गर्न प्रयास थालेको जनाएको छ । दोहामा भएको शान्ति सम्भौताअनुसारु संयुक्त राज्य अमेरिकाले अफगानिस्तानको भूभागबाट आफ्नो सबै सेना फिर्ता लिन राजी भएपछि अलकायदाले त्यसलाई अफगानिस्तानमा आफ्नो विजयको उत्सवको रुपमा मनाएको भन्दै एक वकतव्य जारी गरेको छ ।

वक्तव्यमा भनिएको छ कि तालिबान र अलकायदाबीचको सम्बन्ध ऐतिहासिक र अटुट छ एवम् यहूदी र ईसाईहरूसँग गरिएको नक्कली सम्झौताले त्यसलाई कुनै असर गर्ने छैन । काफिरहरू चाँडै नै सबै इस्लामिक भूमि छोड्न बाध्य हुनेछन् ।

आईएसआईले सक्रिय आतंकवादी समूहको सहयोगमा अफगानिस्तानमा भारतको प्रभाव अन्त्य गर्न कुनै कसर बाँकी राख्दैन् । त्यसका लागि उनीहरुले अफगानिस्तान र पाकिस्तानमा अलकायदा, तालिबान र आइएसपीके जस्ता थुप्रै आतंकवादी समूहहरुलाई आर्थिक सहयोग गर्दैछ ।
अमेरिकी–तालिबानी सम्झौता मौलिक रुपमै त्रुटिपुर्ण छ किनकी यस सम्झौताले यो विचार गरेको छैन कि पाकिस्तानी सेनाले अफगानिस्तानलाई अस्थिर तुल्याउने प्रयत्नन्हरु गर्ने छैनन् ।

सो सम्झौताले पाकिस्तानलाई अफगानिस्तानलाई फेरि आफ्नो उपनिवेश बनाउनको लागि मौका प्रदान गरेको छ । त्यहाँ हाल पाकिस्तान समर्थित समूहहरुले अफगानिस्तानको शान्ति र समृद्धिको पक्षमा स्वतन्त्र सोच भएका तालिवानी नेताहरूलाई सिध्याउने प्रयत्तन गरिरहेको छ ।आफु समर्थित समूहहरुकोे माध्यमबाट अफगानिस्तानमा पाकिस्तानले गहिरो प्रभाव पारेको छ ।

यता पश्तुन र बलोच कार्यकर्ताहरूले जेनेभामा आयोजित यूएनएचआरसी ४३औं सत्रको दौरान संयुक्त रुपमा पाकिस्तान सेनाले गरेका अत्याचारको बिरूद्ध नौलो अभियान सुरु गरेका छन् । पाकिस्तानमा पश्तुन तहफुज अभियानका नेता मंजूर पश्तूनको पक्राउ पछाडि पाकिस्तान, अफगानिस्तान, युरोप र अमेरिकामा उनलाई रिहाईको माँग गर्दै ठूलो विरोध प्रदर्शनहरु भएका छन् ।सारमा अमेरिकी सेनाले अफगानिस्तान छोड्ने बित्तिकै पाकिस्तानले अफगानिस्तानमा आफ्नो प्रभुत्व बढाउन प्रयास जारी राख्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार