कोरोनाको संकटमा कालोबजारी गर्ने व्यापारीलाई सरकारले ठेगान लाउन सकेनः पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसको संकट बेला माक्सलगायत दैनिक उपभोग्य वस्तुमा कृतिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले कालोबजारी गर्ने व्यापारीहरुमाथि कारबाही गर्न समेत सरकारसँग आग्रह गरेका छन् ।

पूर्वराजा शाहले आफ्नाे ट्वीटर ह्याण्डलबाट सरकारको ध्यानाकर्षण गराएका हुन् ।

कालोबजारी गर्ने व्यापारीहरुप्रति सरकार नरम बन्न नहुने र नरम बने त्यसले देशमा अराजकता जन्माउने उनले उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘देशमा कोरोना भाइरसको महामारीको संकट मडारिरहेको बेला आम नागरिकको सुरक्षित रहन पाउने अधिकारको हनन गर्दै माक्स लगायत दैनिक उपभोग्य वस्तुको कृतिम अभाव सिर्जना गर्ने व्यापारीहरुप्रति सरकार नरम बन्नुहुन्न, यसले देशमा अराजकता जन्माउँछ । यस्ता व्यापारीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार