बालिकालाई हात खुट्टा बाँधेर बलात्कार!

कपिलबस्तु – कपिलबस्नुमा आफ्नै उद्योगमा कार्यरत १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्दै आरोपीलाई कारवाहीको माग गर्दै महिलाहरु प्रदर्शनमा उत्रिएका छन् । महिलाहरु जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा प्रदर्शनमा उत्रिएका हन् ।

कपिलवस्तु नगरपालिका–१ नयाँटोल तौलिहवामा रहेको सुर्ति तथा गुटखा उद्योगमा कार्यरत १४ वर्षीया एक बालिकालाई उद्योगका सञ्चालक अर्जुन श्रेष्ठले माघ १७ गते हात खुट्टा बाँधेर जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

बालिकाकी आमाले श्रेष्ठमाथि कारबाहीको माग गर्दै जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले श्रेष्ठविरुद्ध पक्राउ पूर्जीसमेत जारी गरेको छ ।

श्रेष्ठलाई कारबाही गर्न प्रहरी प्रशासनले बेवास्ता गरेको भन्दै तौलिहवाका महिलाहरुले विरोध प्रदर्शन गरेका हुन् । महिलाहरुको समूहले जिल्ला प्रहरी कार्यालय तौैलिहवा पुगेर आरोपी श्रेष्ठलाई तत्कालै नियन्त्रणमा लिई कारवाही गर्न माग गरेको छ। पीडकविरुद्ध किटानी जाहेरी गरेको दुई साता बित्दासम्म पनि प्रहरीले आरोपीलाई पक्राउ गरेको छैन ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपशम्शेर जबराले आरोपित श्रेष्ठविरुद्ध परेको उजुरीका आधारमा उनको खोजी र घटनाको सुक्ष्म अध्ययन भइरहेको बताए । बालिका बुवा छैनन् भने आमा अपाङ्ग छिन् । उनी काम गरेर नै गुजरा चलाइरहेकी थिइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार