समाजवादी पार्टी गण्डकी प्रदेश परिषद अध्यक्षमा गुरुङ

पाेखरा – समाजवादी पार्टीकाे गण्डकी प्रदेश परिषद अध्यक्षमा सुन्दर गुरुङलाई चयन भएका छन् ।

समाजवादी पार्टीकाे संगठन विस्तार तथा सुदृढीकरण अभियान (विसु अभियान) अन्तर्गत साेमबार पोखरामा आयोजित भेलाले गुरुङलाई परिषद अध्यक्ष बनाएकाे हाे ।

विसु अभियानअन्तर्गत फागुन १५ गतेभित्र प्रदेश परिषद गठन गर्ने कार्यकालिका अनुसार पार्टीका केन्द्रीय सदस्य तथा परराष्ट्र विभाग सह-इञ्चार्ज समेत रहेका गुरुङको अध्यक्षतामा प्रदेश समिति, पहिचानमा आधारित राष्ट्रिय समितिका पदाधिकारी, प्रदेश सल्लाहकार समितिका सदस्यहरु, प्रदेश विज्ञ परिषद सदस्य, प्रदेश आयोगका सदस्य, जिल्ला समन्वय समितिका अध्यक्ष, विशेष संरचनाका अध्यक्ष र जनसंगठनका प्रदेश अध्यक्षहरु रहने गरी प्रदेश परिषद गठन गरिएकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि समाजवादी पार्टीका उपाध्यक्ष तथा विसु अभियानको प्रदेश अनुगमनकर्ता हेमराज राईले मुलुकमा समाजवादी पार्टीको आवश्यकता, पार्टीको विचार, सिद्धान्त, लक्ष्य र संगठनात्मक पद्धतिका बारेमा प्रशिक्षण दिएका थिए ।

उनले सबैभन्दा बैज्ञानिक, मुलुक र जनताका लागि आवाश्यक वैकल्पिक राजनीतिक शक्तिको रुपमा समाजवादी पार्टी गठन भएको दावी गर्दै आन्दोलनहरुको मर्म र उपलब्धिलाई संस्थागत गर्न संविधान संशोधन हुनुपर्ने बताए ।

केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश इञ्चार्ज गणेशमान गुरुङले विसु अभियानका बारेमा चर्चा गर्दै समाजवादी विचारलाई जनताको दिलदिलमा पुर्याउन पार्टीका नेता कार्यकर्ताहरु क्रियाशील हुनुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार