नयाँ कोरोना भाइरसः नेपालमा १८ जनामा परीक्षण गर्दा एक जनामा संक्रमण(विज्ञप्तिसहित)

काठमाडौं । उत्तरी छिमेक चीनको हुपेई प्रान्तको वुहान शहरबाट शुरु भएर २२ प्रान्त र २४ देशमा फैलिइसकेको नयाँ कोरोना भाइरसको संक्रमण नेपालमा नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपालमा १८ जनाको परीक्षण हुँदा एक जनामा मात्रै संक्रमण देखिएको र ती संक्रमित पनि स्वस्थ्य भइसकेको उल्लेख गरेको छ । यस्तै मन्त्रालयले चीनबाट ल्याउन लागिएको १ सय ८५ जनाबारे समेत प्रष्ट्याएको छ ।

बेइजिङस्थित नेपाली दूतावासमा आवेदन दिएका विद्यार्थीहरुमा कुनै संक्रमण नदेखिएको र उनीहरुलाई नेपालमा ल्याएर पनि क्वारेन्टाइनमा राखिने उल्लेख गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै उनीहरुको स्वास्थ्य परीक्षण हुने र संक्रमण देखिए अस्पताल लगिने पनि मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

बाँकीलाई भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राखिने भएको छ । मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठद्वारा जारी विज्ञप्तिमा कोरोना भाइरस एक व्यक्तिबाट अर्कोमा एक मिटर दूरीबाट सर्ने भएकाले त्रसित नहुन आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार