‘नेकपाले जनादेश गुमाइसकेको छ’

समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार छोटो समयमै अलोकप्रीय भइसकेको बताउँदै त्यसले गत निर्वाचनमा प्राप्त गरेको जनादेश गुमाइसकेको बताएका छन् ।

उनले यो कुरा शनिवार ललितपुरको बालकुमारीमा समाजवादी साँस्कृतिक महासङ्घ प्रदेश नम्बर ३ को समायोजन कार्यक्रममा बताएका हुन् । श्रेष्ठले उपसभामुखको निर्वाचनसंविधानको धारा ९१ को उपधारा २ अनुसार तुरून्त हुनुपर्नेमा हालसम्म मिति समेत तय नगरेको बताउँदै नेकपाले उपसभामुख पदलाई लिएर अरु पार्टीसँग अनैतिक तथा अराजनीतिक बार्गे्निङ गरेको आरोप लगाए ।

नेकपाले आगामी तीन वर्षपछि हुने निर्वाचनमा दुईतिहाई ल्याउने भन्दै अहिलेदेखि नै संवैधानिक आयोगहरू, कर्मचारीतन्त्र जस्ता सबै क्षेत्रमा मानसिक आतंक फैलाएको बताउँदै नेकपाको यस्तो प्रवुृत्तिविरुद्ध एकजुट भएर संघर्ष गर्नुपर्ने बताए ।

उनले नेकपालाई चुनौति दिंदै भने, ‘अहिलेदेखि दुईतिहाईको दम्भ प्रदर्शन होइन, निर्वाचन गरेर देखाऊ ।’ नेता श्रेष्ठले नेकपा सत्तारुढ भएपछि गरेका धेरै निर्णयहरू विवादास्पद बनेको बताउँदै ललिता निवास काण्डसम्म आइपुग्दा उसका कृयाकलापहरू जनताको बिच नाङ्गेझार भएको बताउँदै सरकार जनताको नजरमा गिरिसकेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार