धनकुटा बहुमुखी क्याम्पसमा समाजवादी विद्यार्थी युनियन गठन

धनकुटा – धनकुटा बहुमुखी क्याम्पस धनकुटामा समाजवादी विद्यार्थी युनियन गठन गरिएकाे छ । स्मृति राईकाे अध्यक्षतामा २३ सदस्यीय धनकुटा बहुमुखी क्याम्पस इकाई समिति गठन गरिएकाे हाे ।

समितिको उपाध्यक्षमा सुष्मा राई र देवीका राई छन् भने सचिवमा दिलकुमारी तामाङ, सहसचिवमा नमिता लिम्बू र कोषाध्यक्षमा सुजन राई चयन भएका छन् । सदस्यहरूमा पार्वती राई, बालुकुमारी लिम्बू, सञ्च लावती, सुष्मा लिम्बू, जेनीता राई, दमन्त लिम्बू, अनुरा राई, मुना तामाङलगायत छन् ।

समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव रामचन्द्र राई, केन्द्रीय सदस्य वरदान भारत, समाजवादी युवा संघ प्रदेश नं १ का सचिव निशान किराती, विद्यार्थी जिल्ला सचिव विकाश राईलगायतकाे उपस्थितिमा समिति गठन गरिएकाे हाे ।

सचिव राईले विद्यार्थीहरूको वैकल्पिक शक्ति समाजवादी विद्यार्थी युनियनमात्र रहेको बताए । केन्द्रीय सदस्य वरदान भारतले समाजवादी विद्यार्थी युनियन एउटा दियोको रूपमा रहेकाे बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार