चीन – नेपाल द्विपक्षीय व्यापार: नेपालकाे व्यापार घाटा बढ्याे

 52 पटक हेरिएको

काठमाडाैँ – पछिल्लो समय चीन नेपाल द्विपक्षीय व्यापारको क्रममा नेपालले बस्तु निर्यात भन्दा आयात बढी गरेको छ। प्राप्त एक विवरणअनुसार पछिल्लो १० वर्षमा नेपालले चीनबाट आयातको तुलनामा निर्यात एकदम थोरै गरेको छ।

उक्त विवरणअनुसार सन् २००९/१० मा नेपालले चीनमा निर्यात एक अर्बको गरेको छ भने त्यहाँबाट खाद्य लगायतका बस्तु आयात ३९.२१ अर्बको गरेको छ।
त्यस्तै सन् २०१०/११ मा निर्यात ७४ करोड को गरेको छ भने आयात ४५.६३ अर्बको गरेको छ। त्यसैगरी सन् २०११/१२ मा निर्यात ९८ करोडको गरेको छ भने आयात ५२.९२ अर्बको गरेको छ।

त्यस्तै सन् २०१२/१३ मा निर्यात २ अर्ब १७ करोडको गरेको छ भने आयात ६८ अर्ब ३० करोडको गरेको छ। त्यसैगरी सन् २०१३/१४ मा निर्यात २ अर्ब ९५ करोडको गरेको छ भने आयात ७८ अर्ब ५६ करोडको गरेको छ।

त्यस्तै सन् २०१४/१५ मा निर्यात २ अर्ब ३५ करोडको गरेको छ भने आयात एक सय अर्ब ८५ करोडको गरेको छ। त्यसैगरी सन् २०१५/१६ मा निर्यात २ अर्ब १५ करोडको गरेको छ भने आयात एक सय १७ अर्ब २० करोडको गरेको छ।

त्यसैगरी सन् २०१६/१७ मा निर्यात १ अर्ब ८१ करोडको गरेको छ भने आयात १ सय ३० करोडको गरेको छ। त्यस्तै सन् २०१७/१८ मा निर्यात २ अर्ब ४४ करोडको गरेको छ भने आयात १ सय ५९ अर्ब ८९ करोडको गरेको छ। त्यसैगरी सन् २०१८÷१९ मा निर्यात २ अर्ब ५८ करोड गरेको छ भने आयात २ सय१४ अर्ब ८० करोडको आयात गरेको छ।

यसरी १० वर्षकाे नेपालले चीनबाट गरेकाे आयात निर्यातकाे तथ्याङलाइ हेर्ने हाे भने बर्सेनी निर्यात भन्दा आयातका दर वृद्दि भइरहेकाे छ। जसकारण नेपालकाे व्यापार घाटा बढेकाे अर्थविद्हरूकाे भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार