‘विदेशी सामू स्वाभिमान बेचिसकेकालाई पृथ्वी जयन्तीकाे महत्व थाहा छैन’

काठमाडाैँ – राजनीतिक विश्लेषक डा. भीम अर्जुन आचार्यले विदेशीका सामु स्वाभिमान बेचिसकेकालाई पृथ्वी जयन्तीकाे महत्व थाहा नभएकाे बताएका छन्। उनले सामाजिक संजाल फेसबुक मार्फत पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने सबै नेपाली जनतालाइ आग्रह गरेका छन्।

त्यस्तै उनले निर्माण गरेको राष्ट्रमा रजाइँ गर्नेहरुले नसम्झे पनि एउटा सच्चा नेपालीले पृथ्वीनारायण शाहलाई कहिल्यै बिर्सन नसक्ने उल्लेख गरेका छन्।

उनले सामाजिक संजालमा यस्ताे लेखेका छन्

पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । उनले निर्माण गरेको राष्ट्रमा रजाइँ गर्नेहरुले नसम्झे पनि एउटा सच्चा नेपालीले पृथ्वीनारायण शाहलाई कहिल्यै बिर्सन सक्दैन।नेपाल राष्ट्र निर्माणमा उनलाई सबै जातजाति र समुदायका मानिसहरूले साथ दिएको भए पनि नेतृत्व र भिजन उनकै हो। हरेक देशका साँझा सम्पदा हुन्छन् । राष्ट्रिय एकता दिवस हाम्रो यस्तै एउटा सम्पदा थियो र हो । विदेशीका सामु आफ्नो स्वाभिमान बेचिसकेकाहरुका लागि यसको महत्व हुने कुरै भएन । बरू उनीहरु यसलाई धुमिल बनाउन लागि रहे। यसका लागि उनीहरुले राष्ट्रिय एकता दिवसलाई सरकारी क्यलेण्डरबाट झिकिदिए। पृथ्वीनारायण शाहको मूर्ति फोडे। जातजातिका बीचमा द्वेष सिर्जना गराए। तर उनीहरुले देश बिखण्डन गर्ने सम्मको लक्ष्य अझै प्राप्त गर्न सकेका छैनन् । उनीहरूलाई परास्त गर्न पनि राष्ट्रिय एकता दिवस धुमधामले मनाउँनु पर्छ र पृथ्वीनारायण शाहलाई अझ धेरै सम्मान गर्नु पर्दछ । यो उपलक्ष्यमा म सबै नेपालीहरु बीचको एकता अझै मजबुत हुदै जाओस् भन्ने कामना गर्दछु । जय राष्ट्रिय एकता दिवस!

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार