नेकपाको निर्णयप्रति समाजवादीको आपत्ति

काठमाडौँ – केही साताअघि सरकारबाट बाहिरिएको समाजवादी पार्टी नेपालले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा तोक्ने निर्णयप्रति अपत्ति जनाएको छ ।

सो पार्टीले निर्णयको विरोधमा आज शनिबार १ बजे विरोध कार्यक्रमको आयोजना गरेको छ। शान्तिबाटिकामा विरोध कार्यक्रमको आयोजना गरेको पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले बताए ।

समाजवादी पार्टीले प्रदेशको नाम पहिचानको आधारमा हुनुपर्ने र राजधानी सबैलाई पायक पर्ने स्थानमा हुनुपर्ने पक्षमा रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार