भोलि सार्वजनिक विदा छ की छैन? गृहले दियाे यस्ताे आधिकारिक जानकारी!

काठमाडौं । भोलि बिहीबार सार्वजनिक विदालाई लिएर जनतामा अन्याैलता छाएकाे बेला गृह मन्त्रालयले प्रष्ट पारेकाे छ। गृहले किरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) परेकाले उक्त समुदायलाई मात्र विदा रहेकाे प्रष्ट पारेकाे हाे। धेरै भित्तेपात्रोहरुमा यो दिनलाई रातो जनाएर सार्वजनिक विदा जनाइएको छ । तर खासमा बिहीबार सरकारले सार्वजनिक विदा दिएको छैन ।

गृह मन्त्रालयले २०७५ चैतमै जारी गरेको नयाँ वर्षका विदासम्बन्धी सूचनामा यो दिन किरात समुदाय र नेवार समुदायलाई मात्र सार्वजनिक विदा हुने उल्लेख गरेको छ ।

बिहीबार सार्वजनिक विदा हो वा होइन भनेर झुक्किने धेरै भएपछि हामीले गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीलाई सोध्यौं – धेरै क्यालेन्डरहरुमा रातो चिह्न लागेको छ, सरकारी विदा छ कि छैन ।

उनले भोलि विदा नरहेको स्पष्ट पारे । ‘सूचना विभागले जारी गरेको क्यालेन्डरमा उल्लेखित विदाबाहेक अरु आधिकारिक होइनन्, भोलि सार्वजनिक विदा दिइएको छैन’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार