विश्वकै कान्छी प्रधानमन्त्रीका १० सुन्दर तस्वीर

काठमाडौँ । फिनल्याण्डको सोसल डेमोक्र्याटिक पार्टीकी नेतृ सन्ना मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी छिन् । कान्छा प्रधानमन्त्रीमध्ये युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चरुक ३५ वर्षका छन् भने न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्न ३९ वर्षका छन् ।

फिनल्याण्डमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका अन्ति रिन्नेको पार्टीले मन्त्री समेत रहेकी मरिनलाई प्रधानमन्त्री बनाउने निर्णय गरेपछि मरिन प्रधानमन्त्री बन्ने निश्चित भएकी हुन् । उनी आफ्नो पार्टीकी उपाध्यक्ष पनि हुन् । उनले आफ्नो पार्टी अध्यक्षले विरामी विदा लिँदा गत वर्ष पार्टी चलाएकी थिइन् ।

गठबन्धन सरकारका रहेका पाँच पार्टीमध्ये फिनल्याण्ड सोसियल डेमोक्र्याटिक पार्टी (एसडीपी)ले प्रधानमन्त्री रिन्नेले पदबाट राजीनामा दिएपछि ३४ वर्षीया मरिनलाई सरकारको नेतृत्व गर्न पठाउनेगरी चयन गरेको छ ।

आमाले एक्लै हुर्काएकी मारिनले प्रशासनशास्त्रमा स्नातकोत्तर गरेकी छिन् भने विश्वविद्यालयमा पढ्न जानेमा उनी आफ्नो परिवारको पहिलो व्यक्ति पनि भएकी थिइन् । मरिनका केही तस्वीरहरु :

तस्वीर स्रोत : मरिनको फेसबुक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार