धरानका भुपु मेयर ध्यानबहादुर राई क्यान्सरसँग जुध्दै, बचाउन अभियान चलाइयो

धरानः धरान उपमहानगरपालिकाका भुपु मेयर ध्यानबहादुर राई क्यान्सरबाट पीडित भएपछि बचाऔं अभियान थालिएको छ ।

सत्तारुढ दल समाजवादी पार्टीका नेता समेत रहेका राईको उपचारमा हालसम्म ३५ लाख भन्दा बढी खर्च भइसकेको छ । महङ्गो तथा खर्चिलो उपचार भएपछि उनका लागि हालै मात्र उपचारका लागि सहयोग जुटाउनको लाथि बचाऔं अभियान थालिएको हो ।

उनका शुभचिन्तकहरुले सहयोग गर्ने भन्दै अभियान थालेका हुन् । सहयोगका लागि ध्यानबहादुर राईको नाममा सनराइज बैंक लिमिटेड चावहिल शाखा काठमाडौैंमा खाता नं ०१४००१४७५४२९९००१ छ । सहयोग गर्न चाहनेहरूले उक्त खातामा सिधै सहयोग रकम जम्मा गर्न सकिने छ ।

यस सम्बन्धी थप जानकारीका लागि महेश श्रेष्ठलाई मोबाइल नं ९८६२१७८५०९ मा सम्पर्क गर्न सकिने छ । खोटाङ पुख्यौली घर भएका नेता राई २०४९ सालमा धरानको मेयरमा निर्वाचित भएका थिए । उनी धरानका सफल मेयर मानिन्छन् ।

क्यान्सरपीडित राईले ११ महिनादेखि भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरमा उपचार गराइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार