पुर्व राजाकी भतिजीको यस्तो हर्कत!

आजकाल पुर्व अधिकारजकुमार धिरेन्द्र शाहको कान्छी छोरी उशाना लैला ‘बुब्बा’ शाहको चर्चा नेपालमा चुलिदैँ गएको छ । युट्युबर समेत रहेकी उनलेपोष्ट गर्ने भिडियोका कारण आजकाल उनी चर्चामा छिन् । तौल बढेपछि दुब्लाउनकालागि गरेका प्रयासहरुलाई उनी सामाजिक सञ्जालमा पोष्ट गर्न भ्याइहाल्छिन् ।

उशाना लैला धिरेन्द्रकी कान्छी श्रीमती सर्लिन ग्रेनेकी छोरी हुन् । राजा महेन्द्र विर विक्रम शाहका कान्छा छोरा धिरेन्द्रले तीनवटा विवाह गरे । उनको तीन श्रीमतीबाट ५ छोरीहरु छन् । जेठी प्रेक्षा शाहबाट उनको तीन छोरीहरु छन् । प्रेक्षा पुर्वरानी ऐश्वर्या र कोमलकी बहिनी हुन् । उनको तर्फबाट पुजा राज्यलक्ष्मी शाह, सितास्मा र दिलाशाको जन्म भएको थियो ।

त्यस्तै, माइली श्रीमति जया पाण्डेको श्रेया शाहको जन्म भएको थियो । सर्लिन ग्रेनेसँग विवाह गरेपछि धिरेन्द्रलाई अधिराजकुमारको पदबाट मुक्त्त गरिएको थियो । सलिर्नन र धिरेन्द्रबाट एक छोरीको जन्म भएको थियो । उशाना लैला शाह धिरेन्द्रको कान्छी छोरी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार