समाजवादीले सरकार तत्काल ‘नछाड्ने’

काठमाडौँ — समाजवादी पार्टी तत्काल सरकार नछाड्ने मनस्थितिमा पुगेको छ । पार्टी कार्यकारिणी अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव समय तोकेरै संविधान संशोधनका लागि माग राख्ने र त्यतिञ्जेल प्रक्रिया अघि नबढाइए मात्रै सरकार छाड्ने निर्णयमा जानुपर्ने पक्षमा छन् । पार्टी स्रोतका अनुसार पार्टी अध्यक्ष यादवकै पक्षमा केन्द्रीय कार्यकारिणी बैठकको निर्णय आउने सम्भावना छ ।

पार्टीको केन्द्रीय कार्यकारिणीको बैठक शनिबार सकिँदै छ । पार्टीको संघीय परिषद् र केन्द्रीय कार्यकारिणी बैठकमा यही मुद्दाले प्रमुख चर्चा पाएको छ । परिषद् बैठक बिहीबारै सकिएपछि शुक्रबार केन्द्रीय कार्यकारिणीको बैठक सुरु भएको हो । परिषद् अध्यक्ष बाबुराम भट्टराई परिषद् बैठकबाटै सरकार छाड्ने निर्णय गर्नुपर्ने पक्षमा थिए ।

यादव तत्काल सरकार छाड्ने पक्षमा नभएपछि भट्टराईले मध्यमार्गी प्रस्ताव ल्याएका थिए । संविधान संशोधनका लागि कहिलेसम्म पर्खने भन्नेमा पार्टी नेतृत्व प्रस्ट छैन । यादवले भने समाजवादी सत्ता गठबन्धनको साझेदार नभई सहयोगी दल मात्रै भएकाले सरकारले गरेका निर्णयकै आधारमा बाहिरिनु उचित नहुने तर्क गर्दै आएका छन् । कान्तिपुर दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार