समाजवादी पार्टीमा सिंगै समाहित भयो ‘नेपाल समाजवादी पार्टी लोहियावादी’

काठमाडौं । पछिल्लो सयम सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताका समाजवादी पार्टीमा प्रवेश गरिरहेका छन्। नेपालका नक्कली कम्युनिष्ट र परम्परावादी कांग्रेस पार्टीको विकल्प बन्दै गएको समाजवादी पार्टीप्रति पछिल्लो समय ब्यापक रुपमा जनसमर्थन बढ्न बढेको छ।

सोही क्रममा बुधबार नन्दन यादव नेतृत्वको नेपाल समाजवादी पार्टी लोहियावादी सिंगै पार्टी समाजवादीमा समाहित भएको छ । डा। राम मनोहर लोहियाको समाजवादको सिद्धान्त अनुसार अघि बढिरहेको उक्त पार्टी समाजवादी पार्टीको विधान र विचारप्रति सहमत जनाउँदै समाजवादीमा समाहित भएको हो ।

समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र यादवबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । जसमा समाजवादी पार्टी लोहियावादीका केन्द्रीय र जिल्ला तहका नेताहरुलाई सम्मानपूर्वक स्थान दिने र आपसी समझदारीमा मिलाउने उल्लेख छ ।

उनीहरुलाई समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले स्वागत गरेका छन् । दुई दलबीच एकता भएको पत्रमा उल्लेख छ । समुन्नत लोकतान्त्रिक समाजवादी राज्य व्यवस्था स्थापना गर्न चाहने कम्युनिष्टहरु समेत समाजवादीमा ध्रुवीकृत हुन थालेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार