‘छिट्टै मन्त्रिमण्डल हेरफेर हुन्छ’

काठमाडाैँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले छिट्टै मन्त्रिमण्डल हेरफेर हुने बताएका छन्। पार्टी प्रशिक्षण कार्यक्रमका लागि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका पुगेका श्रेष्ठले यस्तो बताएका हुन्।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को बीचमा कुराकानी भएको र एउटै व्यक्ति पाँच वर्षसम्म मन्त्री बनिरहने गरि स्थायी नियुक्ति नगरिएकोले चाँडै मन्त्रीहरुको हेरफेर हुने उनले बताए।

‘राम्रो काम गर्नेको मनोवलमा निरासापना नआहोस् भनेर सार्वजनिक नगरिएको हो।’ प्रवक्ता श्रेष्ठले भने ‘तर छिट्टै नै मन्त्रिमण्डल हेरफेर हुन्छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार