‘थ्रि पी’को गलत प्रयोगले नेकपा सकिन्छ

काठमाडाैँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘थ्रि पी’को गलत प्रयोगले नेकपा सकिने बताएका छन्। पार्टीका नेताहरु सधै पोष्ट, पावर र प्रोपर्टीमा सधै रहन चाहने र त्यसको दुरुपयोग गर्ने कार्य गरेमा पार्टी समाप्त हुने पार्टी प्रशिक्षण कार्यक्रमका लागि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका पुगेका श्रेष्ठले चेतावनी दिए।

पार्टीभित्र आफु मात्रै पदमा बसिरहनु पर्ने अरु अगाडी नबढुन् भनी अरुलाई निषेध गर्ने प्रवृतीको विकास भएको प्रवक्ता श्रेष्ठले औल्याएका छन्।

जनताको जनजिविकाका सवालहरुमा भन्दा पनि नेताहरु पावरको दुरुपयोग गरेर सम्पती जोड्ने कमाउ धन्दामा लाग्ने प्रवृति रहेको उनले खुलासा गरेका छन्।

पार्टीमा गुटको विकासले बैचारिक बहसलाई निषेध गरेको समेत उनले बताएका छन्। गुटको संगठन निर्माण भन्दा पनि बैचारिक समुहलाई अगाडी बढाउन श्रेष्ठले कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार