‘उत्तरतर्फ ११ ठाउँमा सीमा मिचिएकोबारे नबोल्ने ?’

काठमाडाैं – कालापानीमा भारतले नेपाली भूमि मिचेको विषयमा छलफल गर्न बसेको संसदीय समितिको बैठकमा नेपाली कांग्रेसले प्रश्न गरेकाे छ। कांग्रेसका दुई सांसदले उत्तरी सीमा (चीनतर्फ) मिचिएकोबारे प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था समितिको सोमवार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंह र  देवेन्द्रराज कंडेलले उत्तरी सीमा (चीनतर्फ) मिचिएकोबारे प्रश्न गरेका हुन् ।

सांसद सिंहले उत्तरी सीमा मिचिएको बारेपनि बोल्नु पर्ने बताए । ‘कोराला नाकाको गेटको साँचो चीनले खोल्छ, नेपालसँग किन छैन ? उत्तरतर्फ ११ ठाउँमा सीमा मिचिएकोबारे किन नबोल्ने ?’ सांसद सिंहले प्रश्न गरे ।

त्यस्तै नेपाली कांग्रेसकै कंडेलले दोलखाको ७० नम्बरको पिल्लरलगायत उत्तरतर्फ पनि केही विवाद रहेको भन्दै समाधान गर्नुपर्ने बताए । उनले नेपाल–भारत सीमाको दश गजामा भट्टी पसल राख्ने काम बन्द गर्न सरकारको ध्यानाकर्षण गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार