अश्लिल भिडियो बनाइ ब्ल्याकमेलिङ गर्ने लुटेरा समूहमाथि गाेली प्रहार

दाङ – जंगलमा डेटिङ गर्न जाने प्रेमी प्रेमिकाको अश्लिल भिडियो बनाइ ब्ल्याकमेलिङ गर्ने लुटेरा समूहमाथि प्रहरीले गोली चलाएको छ । पीडित पक्षबाट लुटेरा समूहले ५ लाख रुपैयाँ लिँदै गर्दा भाग्न खोेजेपछि गोली प्रहार गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–३ का २६ वर्षीय दुजबहादुर खत्री, १९ वर्षीय नवीन नेपाली र विमल वली छन् । उक्त समूहका अन्य २ जना ईश्वर पुन र अर्जुन पुन फरार रहेका प्रहरीको भनाइ छ ।

उनीहरुले दाङको तुलसीपुर क्षेत्रको जंगलमा जाने प्रेमी जोडीको भिडियो बनाएर ब्ल्याकमेलिङ गरी लुटपाट गर्ने गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार