Bal-Umang

Bal-Umang

सांसद प्रभु साहलाइ कृषि मन्त्री साहले दिए खुल्ला चुनौती

प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले प्रतिनिधि सभा सदस्य (सांसद) प्रभु साहलाइ अनियमिता पुष्टि गर्न खुला चुनाैती दिएका छन्। कृषि मन्त्रालयकाे काम देखेर प्रतिपक्षी दल आतिएको मन्त्री साहकाे भनाइ छ ।

राैतहट निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य एवं प्रदेश २ का पार्टी समेत अध्यक्ष प्रभु साहलाइ उनले खुल्ला रुपमा चुनौती दिएका हुन । संचारकर्मीहरु सित कुरा गर्दै मंत्री साहले विना आधार आरोप लगाउनु राजनितिक व्यक्तिलाइ शोभा नदिने तर्क गरे ।

प्रदेश सरकारका कृषि मन्त्रालयले प्रदेशका कृषि उत्पादन बढाउनका निमित किशन मुखी योजना कार्यान्वयनमा ल्याएको देखेर संघीय सरकारका नेतृत्व गर्ने नेकपाका नेताहरु आतिएको उनकाे जिकिर छ।

प्रदेश सरकारले किसानको लागि अनुदानमा ट्रेक्टर लगायतका कृषि उपकरण उपलब्ध गराएकोले नेकपालाइ ठूलो झटका लागेको बताए । उहाँले कृषि मन्त्रालयमा कुनै किसिमको अनियमिता नभएको र प्रदेश सरकारले पारदर्शी रुपमा कार्य गरेको दावी समेत गरेका छन ।

आफै अनियमिता गर्ने र अरुलाई दोष लगाउने कार्य हास्यास्पद रहेको बताउँदै मन्त्री साहले आफ्नो खातामा रकम राखेको प्रमाण पेश गर्न समेत चुनौती दिए ।

उनले अरुमाथि विना आधार प्रमाण आरोप लगाउनु भन्दा आफुले के गरेको ,पार्टीले के गर्दै आएको ,आफ्नो कार्यले जनता उत्साहित रहेको छ छैन हेर्नु पर्ने सुझाव दिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार