Bal-Umang

Bal-Umang

सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त (विज्ञप्तिसहित)

काठमाडाैँ – सात वटै प्रदेशका प्रदेश प्रमुख पदमुक्त भएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सिफारिस गरे बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखहरु पदमुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयले राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार प्रदेश प्रमुखलाई पदमुक्त गरेको जानकारी गराएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखलाई पदमुक्त गर्नुभएको जनाइएको छ ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी भनेको छ – ‘आइतबार सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६/७/१७ को निर्णयबाट सिफारिस भइ आए अनुसार नेपालको संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखलाई पदमुक्त गर्नु भएको छ’ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार