Bal-Umang

Bal-Umang

मधेसकाे मलेठ घटनामा प्रधानमन्त्री ओली, माधव नेपाल र लालबाबु दोषी, हत्कडी लाग्न सक्ने (भिडियाेसहित)

काठमाडाैँ – मधेशकाे मलेठ घटनालाई लिएर प्रदेश नम्बर २ को सरकारले छानविन प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा  रहेको छ। छानविनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल र सामान्य प्रशासनमन्त्री लालबाबु पण्डीत दोषी रहेको पाइएको समाजावादी पार्टीकाे ठहर छ।

समाजवादी पार्टीका नेता तथा प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादवले उनीहरु दोषी रहेको एक सार्वजनिक कार्यक्रममा बताएका छन्।

उनले सार्वजनिक कार्यक्रममा भने,‘ मलेठको नरसंहार घटनामा प्राधनमन्त्री ओली, माधव कुमार नेपाल र लालबाबु पण्डित दोषी रहेका छन्। उनीहरुलाई हत्कडी लाग्नु पर्छ।’ उनले प्रदेश नम्बर २ को सरकारले गरेको छानविन प्रतिवेदन केही दिनमै प्रदेश सरकारले बुझ्ने बताए।

मलेठ घटनालाई लिएर राष्ट्रिय मानवअधिकार आयोगले तयार प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै प्रदेश सरकारले साउन पहिलो साता छानबिन गर्ने निर्णय गरेको थियो।त्यति बेला नै  मन्त्रिपरिषद् बैठकले गरेको उक्त घटना छानबिनका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियाे ।

समिति सदस्यमा सामाजिक विकासमन्त्री नवलकिशोर साह र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह थिए। समितिका सदस्यसचिवमा मुख्य न्यायाधिवक्ता कार्यालयका उपन्यायाधिवक्ता कृष्णप्रसाद बराललाई चयन गरिएको थियो । त्यही समयमा छानबिन समितिका संयोजक एवं कानुनमन्त्री यादवले आयोगले कसैको दबाबमा प्रतिवेदन सार्वजनिक गरेको आरोप लगाएका थिए ।

मधेसी दल र जनतामाथि दोष लगाएको प्रतिवेदन जनता र राजनीतिक दलले खारेज गरिसकेको जिकिर उनले त्यति बेला नै गरेका थिए ।

सप्तरीको राजविराज र रुपनीको बीचमा पर्ने गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा तत्कालीन एमालेले ०७३ फागुन २३ मा कार्यक्रम आयोजना गरेको थिए । मधेसकेन्द्रित दलले कार्यक्रम बिथोल्ने प्रयास गर्दा सुरक्षाकर्मीसँग झडप भएको थियो । झडपका क्रममा गोली लागी पाँच आन्दोलनकारीको मृत्युको भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार