Bal-Umang

Bal-Umang

महराविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा

काठमाडौँ — निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको जघन्य अपराध बलात्कार प्रयास सम्बन्धी मुद्दाको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको छ। प्रहरीले शुक्रबार दिउँसो उक्त प्रतिवेदन बुझाएको हाे।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्रले दिउँसो २ बजे तिर महराविरुद्धको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको बताए।उनका अनुसार २० दिन लगाएर तयार पारेको रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिएकाे हाे।

उनले भने,’महरालाई मुलुकी अपराध संहिता ऐन २०७४ को बलात्कार प्रयास र यौन दुर्व्यवहार सम्बन्धी कसुरमा कैद तथा सजायको माग गरिएको छ।’ अब प्रहरी प्रतिवेदनको थप अध्ययन गरेर सरकारी वकिल कार्यालयलय मुद्दा चलाउने वा नचलाउने भन्नेमा निर्णय गर्ने कानूनका जानकारहरु बताउँछन्।

असोज १९ गते पक्राउ परेर दसैं हिरासतमै बिताएका महराको तिहार पनि हिरासतमै हुने भएको छ । संसद सचिवालयमा कार्यरत रोशनी शाहीले जबर्जस्ती करणी उद्योगमा उजुरी गरेपछि महरा पक्राउ परेका थिए । त्यसअघि असोज २८ महरामाथि अनुसन्धानका लागि १३ दिनको म्याद दिएको थियो । महरा सरकारी निवास बालुवाटारबाटै पक्राउ परेका थिए । घटनाको दुईदिनपछि असोज १४ गते महराले पदबाट राजीनामा दिएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार