Bal-Umang

Bal-Umang

समाजवादी पार्टी धनुषाको समायोजन घोषणा सभा सम्पन्न, उपनिर्वाचनमा जुट्न प्रदेश अध्यक्ष यादवको निर्देशन

जनकपुर । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपाल बीच एकीकरण पछि गठन भएको समाजबादी पार्टी नेपाल धनुषा समायोजन सम्पन्न भएको छ ।

समायोजित समितिको उपध्यक्ष मा ज्ञान कुमार यादव , अम्बु साह, सचिवमा घनश्याम यादव लगायत चयन भएको छ ।

कार्यक्रम मा प्रमुख अतिथी पार्टीका विजय कुमार यादवले मसिरमा हुन लागेको उपनिर्वाचन मा जुट्न नेताकार्यकर्ता लाई निर्देशन दिएका छन्। उपनिर्बाचनको परिणाम सम्बधित समितिको मार्कसिट हुने उल्लेख गर्नु हुदै अध्यक्ष यादवले अहिले देखि नै चुनाव मा होमिन आग्रह गरे ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य उमा शकर अरगरिया, केन्द्रिय सदस्य महाजन यादव, उमेश साह, प्रदेश उपाध्यक्ष सुशील यादव , कोषाध्यक्ष रेणु यादव, धनुषा जिल्ला इन्चार्ज राम आशिष् यादव सहितका वक्ता हरुले नवनिर्वाचित पदाधिकारी एव सदस्य हरुलाई बधाई दिदै नेता तथा कार्यकर्ता हरुलाई जोस जागरका साथ सङ्गठन निर्माणमा जुटन आग्रह गरे ।
नवगठित कार्यसमितिको घोषणा प्रदेश समितिका मुख्यसचिव शम्भु झाले गर्नु गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार