Bal-Umang

Bal-Umang

महराको स्वास्थ्य अवस्था नाजुक, सिसियूमा सारियो

काठमाडौं – संसद् सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि जबरजस्ती करणी प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्य अवस्था नाजुक देखिएको छ। स्वास्थ्य अवस्थामा थप समस्या आएपछि उनलाई क्रिटिकल केयर युनिट (सिसियू)मा राखिएको छ।

पक्राउ परेपछि स्वास्थ्यमा समस्या आइ नर्भिक अस्पतालमा भर्ना भएका महरालाई आज सिसियूमा राखिएको अस्पताल स्रोतले बताएको छ। स्रोतका अनुसार आज उनको रक्त्तचापसमेत बढेको छ।

‘उहाँको एक्कासी रक्तचाप बढेपछि मुटुको एन्जिओग्राफी गरिएको थियो। एन्जियोग्राफीमा मुटुको बायाँतर्फ २० प्रतिशत ब्लक भएको पाइयो,’ महराको उपचारमा संलग्न एक चिकित्सकले भने।

उनका अनुसार महरालाई साविकको भन्दा औषधीसमेत थप गरिएको छ। संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि जबरजस्ति करणी प्रयासको आरोप लगाउँदै किटानी जाहेरी दिएपछि उनलाई असोज १९ मा पक्राउ गरिएको थियो। उनी २३ असोजदेखि नर्भिक अस्पतालमा उपचाररत छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार