Bal-Umang

Bal-Umang

बिराट राजवंशी पहिचान र हक अधिकारका लागि संगठित हुँदै 

बिराट राजवंशी राजनीति तथा समाजको मुल धारमा समाहित नभएकै कारण पछाडी परेकाे निष्कर्ष निकालिएकाे छ। अन्य समुदाय अगाडि बढी रहेको परिपेक्षमा बिराट राजवंशी सामाजिक, आर्थिक र राजनीतिक रुपले पछाडि परेका छन्

बिराट राजवंशी शिक्षा र राजनीतिको प्रभावमा सहभागी हुन नखोजेको कारणले पछाडी पर्न गएको बिराटनगरमा बुधबार आयोजित  कार्यक्रमकाे निष्कर्ष छ।

राजवंशी समाज उत्थान समितिका मोरङ्ग अध्यक्ष प्रदिप कुमार विश्वासले कार्यपत्र प्रस्तुत गर्दै राजवंशी समाजमा बिश्वास , एकता,योग्यता ,क्षमताको अभाव रहेको भन्दै राजवंशी समाजलाई मुल धारमा ल्याउन विभिन्न तह र तप्कामा पहुच बढाउनु पर्ने कुरामा जोड दिए। उनले पहिले बिराट राजवंशी जमिनदार थिए तर अहिले भुमिपुत्र बनेको छ ।

‘बिराट राजवंशीको अवस्था खस्किदै गइरहेको छ, पहिचान र अधिकार बिहिन भइरहेको छ। शिक्षा बिनाको सामाजिक बिकास कसरी होला त हामी कल्पना गर्न सक्छौ !’ उनले भने आर्थिक अवस्थाको कारण शिक्षामा पहुच, जागिरको सुनिश्चितता नभएको र स्थानीय र माथिल्लो तहको उच्च वर्गको विभेदपुर्ण व्यबहारले हामी पछाडि परेको उनले गुनासो गरे।

त्यसैगरी राजवंशी उत्थान समितिका जिल्ल उपाध्यक्ष सिद्धलाल राजवंशीले बिराट राजवंशीलाई सरकारले आदिवासी जनजातीमा सुचिकृत नगरेकोमा आक्रोश पाखे ।आर्थिक अवस्था कमजोर र शिक्षामा पहुच नभएकै कारण प्रदेश र संघीय तहको राजनीतिकमा राजवंशीको उपस्थिति नरहेको दुखेसो ब्यक्त गरे। राजनीतिमा पहुच , शिक्षामा पहुच र आर्थिक बिकासको लागि राजवंशीहरुमा एकता, बिश्वास , आट र आदर हुनु अति आवश्यक रहेको भयो।उहाँले अब स्वजातिय उत्थानको लागि कार्यगत एकताको आबश्यकता रहेको बताए।

फेटा गाउपालिका

राजनीतिक कार्यपत्र प्रस्तुत गर्दै रामसुन्दर राजवंशीले राजनीतिक दलहरुले आफ्नो दल गत स्वार्थ पुरागर्नको लागि बिराट राजवंशीलाई भोट बैंकको रुपमा उपयोग गरि रहेको बताए। बिराट राजवंशीको राजनीतिक हैसियत बनाउन दलहरु तत्पर हुनु पर्ने बताए।

कार्यक्रमका प्रमुख अतिथि तथा समाजवादी पार्टीका प्रदेश सभा सदस्य जयराम यादवले बिराट राजवंशी पहिले के थियो र अहिले के हो भन्ने कुराको मूल्याकंन गर्नु सक्नु पनि ठुलो उपलब्धि भएकाे बताए। जातीय उत्थानको लागि सामाजिक, आर्थिक र राजनीतिक तीन वटा शब्द हाम्रो योग्यता र क्षमतामा भर पर्ने गरेको धारण ब्यक्त गरे। जातीय पहिचानको लागि सामुहिक भावनाको बिकाश गरि समुदायको उन्नतिकाे लागि लागि पर्ने बताए। उनले आफ्नो योग्यता र क्षमताको आधारमा समय अनुसार आफ्नो बलबुतामा आय आर्जन गरि अगाडि
बढनु पर्ने बताए।

बिराट राजवंशी युवा समिति संयोजक र राजवंशी समाज उत्थान समितिको आयोजनामा भएको बिराट राजवंशीको सामाजिक , आर्थिक र राजनीतिक बिषयक अन्तर्कृयामा राजवंशी समुदायका जनप्रतिनिधि , शिक्षक, कलाकार , समाज सेबि जगातको उपस्तिथि रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार