Bal-Umang

Bal-Umang

६ जना मन्त्री बर्खास्त गर्ने तयारीमा प्रधानमन्त्री ओली, प्रचण्ड र ओलीबीच भयाे यस्ताे सहमति

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कम्तिमा पनि ६ जना मन्त्री हटाउने तयारीमा जुटेका छन्। नेकपाको उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारीमा रहेका छन्। सत्तारुढ नेकपाका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रधानमन्त्री ओलीले कम्तिमा पनि ६ जना मन्त्रीलाई हटाउने गरी मन्त्रिमण्डल पुनर्गठन गर्न लागिएको भनेर जानकारी गराएको स्रोतको भनाई छ।

सोमबार बिहान बालुवाटारमा भएको छलफलका क्रममा ओलीले प्रचण्डलाई मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको जनाएका हुन् ।नेकपा सचिवालयले मन्त्रीमण्डल पुनर्गठनबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री ओलीलाई नै दिएको थियो ।

सोमबार बिहान बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले बर्खास्तीमा पर्ने भनेर ८ जना मन्त्रीको नाम पढेर प्रचण्डलाई सुनाएका थिए ।प्रचण्डले केही मन्त्रीको विषयमा फेरि सोच्न भनेपछि २ जनाको जिम्मेवारी हेरफेर गर्ने र ६ जनालाई बर्खास्त गर्न सकिने विकल्पबारे छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार