Bal-Umang

Bal-Umang

पुष्पकमल दाहाल प्रचण्डले किन टिका लगाएनन् ?, कारण सुनेर छक्क पर्नु हुन्छ तपाइ!

पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो दशैंको टिका लगाएनन् । उनले टिका नलगाएको बारेमा उनकै घरकै सदस्यहरुले जानकारी दिइसकेका छन् । उनि सत्ता चलाउने दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष हुन् । आजभन्दा ठिक १३ बर्ष अघिसम्म उनले टिका लगाउने, टिका लगाइदिने, मन्दिरमा पुजा गर्ने र रीतिरिवाज मान्नेहरुलाई उनले मार्न गुण्डाहरु खटाउँथे ।

उनको आदेशमा टिका लगाउनेहरु दैनिक २÷४ जना मारिन्थे । त्यतिबेला हरेक बिहान उनले मारेका मान्छेका हेडलाइन समाचार बन्थे । कयौं टिका लगाउनेहरु मारिए । कयौं मान्यजन मारिए । पुजारी मारिए । यो काम उनले खुलमखुल्ला १० बर्ष गरे । रेकर्डमा उनले १७ हजारलाई मारे । त्यसभन्दा अघि र अहिलेसम्म उनले भुमिगत शैलीमा उनले कतिलाई मारे, त्यसको लेखाजोखा कसैसंग छैन ।

जब उनि लासहरुको सिंढी उक्लिएर पहिलो चोटी (२०६४) प्रधानमन्त्री भए, उनले जानी नजानी नेपाली टोपी लगाउन सिके । आफ्ना छोराछोरीहरुलाई टिका लगाउन शुरु गरे । तर, अस्वभाविक ढंगले । उनले टिका लगाइदिएको धेरैलाई मन परेन । किनकी उनले बेढंगले टिका लगाइदिन्थे । फेरि, कुनै कुनै बर्ष प्रचण्डले टिका लगाउन आँट गरेनन् । किनकी उनको मन भित्र भक्ति थिएन । अपराधले उनलाई गाँजेको थियो ।

प्रसंग हो , उनि पहिलो पटक प्रधानमन्त्री हुनु केहि महिना अघिको कुरा हो । प्रचण्डको बुवा मुक्तिराम दाहालको मृत्यु भयो । छोरा प्रचण्ड काठमाडौंबाट चितवन गए । देवघाट पुगे । सुटबुटमा सजिएका प्रचण्डले बुवा मुक्तिरामलाई दागबत्ती दिन लाग्दा पुजारीले भने, ‘बाबु छालाका जुत्ता लगाएर महाप्रस्थान गर्न लागेका बुवाको दागबत्ती दिन मिल्दैन ।’ प्रचण्डले पुलुक्क माथितिर हेरे । हजारौं मानिसले यो दृष्य हेरिरहेका थिए । सबैले हेरेको दृष्यले उनि थोरै पनि पग्लिएनन् । बाबुको अन्त्यष्टि सकेको २ घण्टा भित्रै हान्निंदै बालुवाटार पुगे । कांग्रेस नेता गिरिजाप्रसाद कोइरालासंग बसेर खाजा खाए ।

मुक्तिरामको जेठा छोरा भएपनि उनले क्रिया बसेनन् । चितवनमै रहेका उनका भाइ काजक्रियामा बसे । उनले जन्मदिने बावुको अन्तेष्टिमा समेत मानिसका मुल्य मान्यता र भक्तिभाव त्यागिदिए । बुवा मुक्तिराम निकै धर्मकर्म मान्नुहुन्थ्यो । दैनिक मन्दिर जानुहुन्थ्यो । तर, प्रचण्ड धर्म र विवेकलाई तिलाञ्जली दिएर अपराधकै छाना माथि चढेर बुवालाई श्रद्धाञ्जली दिए । हेर्नेहरुलाई पनि पाप लाग्ने खालको प्रचण्डले स्वघोषित डरलाग्दो मान्यता स्थापित गर्न खोजे ।

प्रचण्डले पुत्रबियोग भोगिसकेका छन् । उनको एक मात्र छोरा प्रकाश दाहालको मृत्यु भइसकेको छ । उनले जति बियोगहरु भोग्दै जान्छन्, उनलाई त्यतित्यति अपराधको भुतले पछ्याइरहेको हुन्छ । किनकी उनले चलाएको युद्धमा परेर हजारौं बुवाआमाले पुत्र बियोग भोगिसकेका छन् । हजारौं छोराछोरीले बाबुआमा गुमाइसकेका छन् । त्यो, अपराधहरुको भुतले उनलाई जिवनभरि छोड्ने छैन ।

प्रचण्ड खासगरि, सधैं अलमलमा छन् । यो शिलशिला ०६३ सालपछि झन बढ्यो । इष्टमित्र र समाजले टिका लगाउँ भन्छ । उनि लगाउँ कि नलगाउँ भन्ने दोधारमा हुन्छन् । उनि मनोेगत रुपमा बिक्षिप्त छन् । प्राय बिक्षिप्त मानिसले केहि निर्णय गर्न सक्दैन । परिवारका सदस्यलाई टिका लगाउन उनले रोकेका छैनन् । तर, उनि स्वंयले कुनै बर्ष लगाए, कुनै बर्ष लगाएनन् । किनकी उनि एक बिक्षिप्त मनोगत रुपमा कमजोर भएका मानिस हुन् । प्रचण्ड बेहोसमा निर्णय गर्छन् । उनको निर्णय आवेगपुर्ण हुन्छ । उनको मन सधैं अस्थिर छ ।

यहि अस्थिरताले गर्दा उनले सही निर्णय लिन कहिल्यै सकेनन् । प्रचण्डले समाजमा आफ्नो मन जस्तै सधैं अस्थिरता फैलाउन चाहन्छन् । समाज भित्र भड्काउ खोज्छन् उनि । कोहि कसैको घर, परिवार र समाज मिलेर बस्न हुँदैन भनेर उनले धार्मिक फाटो ल्याउन निकै प्रयास गरे । हिन्दुलाई भड्काए । अरुलाई तर्साए । पापहरु भित्र्याए । हतियार बाँडे । सम्पती लुट्न लगाए । लुटेको सम्पती समुदायलाई भड्काउन प्रयोग गरे । किनकी उनले राजनीतिको नाममा सधैं भड्काउ गतिबिधी गरे ।

उनि समाजलाई गलत दिशा तर्फ उचाल्न चाहन्छन् । अपराधीहरुलाई नजिक बनाउन चाहन्छन् । जनता र कार्यकर्तालाई टिका नलगाएको सन्देश दिएर नेपाली नेपाली बिच झगडा फैलाउन चाहन्छन् । किनकी उनि सानैदेखि बिक्षिप्त प्राणी हुन् । प्रचण्डको यहि शैलीले गर्दा स्वस्थ र पश्चाताप गर्ने आँट भएका नेताहरुले उनलाई छोडिसके । कुनैबेला गल्ती गरियो, अब संस्कृतिलाई जोगाउनुपर्छ भन्दै उनका सहकर्मी बाबुराम भट्टराईहरु अनुशासनको लयमा फर्किसके । तर, प्रचण्ड टसको मस छैनन् । किनकी प्रचण्डले अझै यो देशमा हिंसा खोजेका छन् ।

हिंसा गर्ने बाटो उनले निकै जोडबलले खोजिरहेका छन् । उनले हिजो बर्गिय हिंसा मच्चाए । अब उनले सामाजिक हिंसा खोजिरहेका छन् । टिका नलगाएको निधार देखाएर प्रचण्डहरुले धेरै अपराधीहरुलाई गोलबद्ध गर्न सन्देश छरेका छन् । किनकी पुष्पकमल दाहाल प्रचण्ड आफ्नो मृत्युसम्म नेपाली जनतालाई चैनसंग बस्न दिने पक्षमा छैनन् । प्रचण्डको अपराधी र भ्रष्टाचारी बाहेक तेस्रो गुण भनेको कुलंघार हो । यी तिनवटा गुण स्थापित गरेर उनले आफ्नो पहिचान बनाइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार