Bal-Umang

Bal-Umang

सुवासचन्द्र नेवाङसहित यी चार नेता देखिए सभामुख पदको अकांक्षी, समाजवादी पार्टीले के पाउँछ?

काठमाडाैँ – सत्तारुढ दल नेकपा कम्युनिष्ट पार्टीका चार दिग्गज नेता सभामुखको लागि आकांक्षी देखिएका छन्। नेकपा स्रोतका अुनसार पूर्व सभामुख सुवासचन्द्र नेवाङ, पार्टीका प्रमुख सचेतक देव गुरुङ्ग, नेता देवेन्द्र पौडेल र नेता लेखराज भट्टा सभामुख पदको लागि आकांक्षी देखिएका छन्।

यसअघि पूर्वमाओावादीको पोल्टामा परेको सभामुख पद अब पूर्व एमालेका नेताले दाबी गर्न सक्लान भन्ने चर्चा चलेको छ। स्रोतका अनुसार पूर्व एमालेबाट सांसद बनेर उपसभामुख पदमा रहेकी शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन एकिकरणपछि बनेको सत्तारुढ दल नेकपाले दबाब दिइरहेको छ।

सभामुख पद नेकपाकै पोल्टामा पार्नको लागि उपसभामुख तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन पार्टीले विभिन्न कोणबाट दबाब दिइरहेको स्राेतकाे भनाइ छ। निवर्तमान सभामुख कृष्णबहादुर महराको राजीनामापछि अब संघीय संसदमा सभामुख र उपसभामुख फरक दलको हुने संविधानको प्रावधान कार्यान्वयन गर्नका लागि पार्टीले तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन लगाइ सभामुख पदमा आफ्नो पार्टीको मान्छे राख्ने तयारी भइरहेको नेकपाका एक नेताले नाम नखुलाउने सर्तमा बताए।

उनका अनुसार अब हुने निर्वाचनमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुने गरी निर्वाचन प्रक्रिया अघि बढाउनु पर्ने कानूनी प्रवाधानअनुसार तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन पार्टीले दबाब दिइरहेको छ।

सभामुख पद अब सत्तारुढ नेकपा र उपसभामुख अन्य दलको भागमा पर्नेछ। पछिल्लो समय महिलाको पक्षमा ठुलो ठुलो स्वरले अधिकार पाएको दाबी गर्ने नेकपाले फेरि महिलामाथि सभामुख पदलाई लिएर विभेद गर्न खोजिरहेको छ।नेकापाले सभामुख पदमा पुरुषकै वर्चश्व कायम गर्न महिलामाथि विभेद गर्न खोजिरहेको महिला अधिकार कर्मीकाे भनाइ छ।

संविधानको धारा ९१ मा सभामुख र उपसभामुख फरक दलको हुने प्रावधान छ। तर सभामुख र उपसभामुखको निर्वाचनपछि पार्टी एकता भएकाले अहिले एउटै दलको भन्ने प्रधावान यसमा आकर्षित नहुने तर्क नेकपाले गरेको थियो। यही विषयको विवाद सर्वोच्च अदालतमा विचारधीन छ। तर अब नेकपा बनिसकेको पार्टीले उक्त दुई पद मध्ये एक पद लिने र अर्को पद नेपाली काँग्रेस, समाजवादी पार्टी र राजपा मध्ये एक पार्टीले पाउँछन्। सोही क्रममा पूर्व माओावदीको पोल्टामा परेको सभामुख पदको लागि प्रचण्डले कसलाई राख्नलान भन्ने चर्चा समेत चलेको छ।

यता सभामुख र उपसभामुख मध्ये एक पद समाजवादी पार्टीले दाबी गरिरहेकाे छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार