Bal-Umang

Bal-Umang

अग्रगामी एजेण्डा : माओवादीले छाेड्याे, समाजवादी पार्टीले उठायाे

काठमाडौं । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले प्रचण्ड नेतृत्वको तत्कालिन माओवादीले अग्रगामी एजेण्डा बोकेको भएपनि माओवादी आफ्नाे एजेण्डा छोडेर एमालेसँग एकता गरेको छ।

जसकारण  नेता राईले भने,’अब समाजवादी पार्टीलाई अग्रगामी एजेण्डा बोक्ने बलियो पार्टी बनाउने छु।’ उनले आफूले समाजवादी पार्टीलाई अग्रगामी एजेण्डा बोक्ने नयाँ राजनीतिक शक्तिको रुपमा विकास गर्ने प्रयत्न गरिरहेको समेत बताए।

नेता राईले प्रचण्डले आफू एजेण्डामा प्रतिबद्ध छु भनेर भाषण गर्नुको कुनै अर्थ नरहने बताए ।‘प्रचण्डजी अहिले पनि एजेण्डामा प्रतिबद्ध छु भन्नुहुन्छ तर एउटा व्यक्ति प्रतिबद्ध हुनु र संस्था प्रतिबद्ध हुनुमा फरक छ,’ सार्वजनिकसँग नेता राईले भने ।

पहिचानको एजेण्डाप्रति तत्कालिन एमालेको दृष्टिकोण सुरुदेखि नै नकरात्मक रहेको नेता राईले स्मरण गरे ।
एमालेले पहिचान, समानुपातिक समावेशी जस्ता महत्वपूर्ण एजेण्डा स्वीकार नगर्ने परिस्थिति बनेपछि नै आफूले पार्टी छोडेको राईले बताए ।

उनले माओवादी र एमालेबिच एकता भनिए पनि विचारको हिसाबले माओवादी एमालेमा बिलय भएको बताए ।

आफ्नाे पार्टी संघीय समाजवादी फोरम नयाँ शक्ति पार्टीसँगको एकतापछि हाल अधिकांश जिल्लामा समायोजन भइसकेको भन्दै उनले डेढ वर्ष बितिसक्दा पनि माओवादी र एमालेको एकता प्रक्रिया नटुंगिनुलाई अर्थपूर्ण रहेको बताए ।

उनले समाजवादी पार्टी अहिले पनि नेकपासँग मोर्चाबन्दीमा रहेकैले सरकारमा रहेको बताए ।

तर समाजवादी पार्टीलाई आफूहरुले नेकपा र कांग्रेससँगको प्रतिस्पर्धी तेस्रो पार्टी बनाएको नेता राईले दाबी गरे ।
उनले पार्टी एकतामा आफूले पदीय हैसियतलाई कहिल्यै महत्व नदिएको बताए । पार्टी एकतामा एजेण्डा आयो कि आएन भन्ने कुरो महत्वपूर्ण भएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार