महराले राजीनामा बुझाएपछि सभामुख पद गयो समाजवादी पार्टीकाे पोल्टामा, सुरु भयो सभामुख बनाउने चर्चा

काठमाडौँ — सभामुख कृष्णबहादुर महराले राजीनामा दिए लगत्तै उनको पद अब कानुन अनुसार रिक्त छ। तर उनले दिएको राजीनामा पत्रमा ‘छानविन नसकिँदासम्मका लागि’ राजीनामा दिएको उल्लेख गरेका छन् । यो बुझाएको राजीनामा पत्र कानुन श शर्त हुँदैन।

राजीनामा पत्रको भाषा हेर्दा उनी छानविन सकिएपछि फेरी फर्किन चाहन्छन् भन्ने झल्किन्छ । तर संधिवान र कानुनले उनको यो भाषालाई चिन्दैन । राजीनामा दिएपछि उनको पद गएको छ । उनले उपसभामुखलाई राजीनामा दिएका छन् ।

राजीनामा दिएपछि त्यो स्वीकृतरअस्वीकृत गर्ने प्रक्रियामा जानु पर्दैन स्वतः सक्किन्छ। संवैधानिक कानुनका जानकार अधिवक्ता टीकाराम भट्टराईकाअनुसार महराको पद समाप्त भएको छ। ‘अब अर्को सभामुख चयन गर्नुपर्छ’ उनले भने,‘राजीनामा ससर्त हुँदैन। छानविनबाट क्लिन चिट पाउने अवस्था बनेपनि अब उहाँको पद फर्किँदैन।’

उनका अनुसार सभामुखले राजीनामा दिएको औपचारिक जानकारी संसदमा गराउनुपर्छ। अहिले संसदको अधिवेशन चलेको छैन। नयाँ अधिवेशन सुरुभएपछि राजीनामा पत्रबारे जानकारी गराउनुपर्ने हुन्छ। त्यसपछि सभामुख निर्वाचनको प्रक्रिया अघि बढाउनुपर्छ। नयाँ सभामुख चयन नहुँदा सम्म सभामुखले गर्दै आएको काम स्वतः उपसभामुखले गर्नेछिन्। सभामुखको अनुपस्थितिमा गर्ने काम उपभामुखले गर्ने संविधानमा प्रावधान छ।

महराको राजीनामापछि अब संघीय संसदमा सभामुख र उपसभामुख फरक दलको हुने संविधानको प्रावधानको कार्यान्वयन गर्नकालाई बाटो खुलेको छ। अब हुने निर्वाचनमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुने गरी निर्वाचन प्रक्रिया अघि बढाउनुपर्छ। त्यसैले सभामुख र उपसभामुख मध्ये एउटा पद अब सत्तारुढ नेकपा भन्दा अर्को दलको भागमा पुग्नेछ। संविधानको धारा ९१ मा सभामुख र उपसभामुख फरक दलको हुने प्रावधान छ। तर सभामुख र उपसभामुखको निर्वाचनपछि पार्टी एकता भएकाले अहिले एउटै दलको भन्ने प्रधावान यसमा आकर्षित नहुने तर्क नेकपाले गरेको थियो। यही विषयको विवाद सर्वोच्च अदालतमा विचारधीन छ।

तर अब नेकपा बनिसकेको पार्टीबाट कोइ सभामुख हुन पाउँदैन जसका सत्तारुढ दल समाजवादीको पार्टीलाई समामुख बनाउने बाटो खुलेको छ।

समाजवादी पार्टीमा सभामुख कसलाई भन्ने चर्चा समेत चल्न थालेको समाजवादी पार्टीकै एक नेताले बताए। उनका अनुसार संविधान अनुसार नै हाम्रो पार्टी सभामुद पदको दावी गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार