Bal-Umang

Bal-Umang

महरामाथि यौन दुर्व्यवहार प्रकरण : २४ घण्टामै फेरियो रोशनी शाहीेको बोली, दबाबको आशंका

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि जघन्य अपराध बलात्कार जस्तो गम्भीर आरोप प्रकरणले नयाँ मोड लिएको छ। बलात्कार आरोप लगाएको भनिएकी संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले २४ घण्टा नबित्तै आफ्नो बोलिन् फेरेकी छन्।

उनले सभामुख महराले आफूमाथि कुनै पनि दुर्व्यवहार नगरेको प्रष्टिकरण एक अनलाइलाईनलाई भिडियो अन्तरवार्तामा दिएकी छन्।। उनले आफूले डिप्रेसनको औषधी सेवन गरिररहेको र कर्मचारी समायोजनको क्रममा चाहेको ठाउँमा नपर्दाको रिसले आफूले गलत आरोप लगाएको जिकिर गरिन्।

उनले आइतबार साँझ आफ्नो कोठामा कोही पनि नआएको र सभामुख महरासँग लामो समयदेखि भेटघाटसमेत नभएको स्पष्ट पारेका छिन् । ‘त्यो दिन मेरो कोठामा कोही आएको छैन । महरा सरसँग संसद सचिवालयमा कहिले काँही बीपी चेक गराउँदा भेट हुने हो’, उनले भनिन्, ‘अहिले त धेरै भयो भेट पनि नभएको ।’

शाहीले महरा आफ्नो बुवा सरहको मानिस भएको बताउँदै रिसको झोंकमा आफूले भनेका सबै कुरा गलत भएको बताइन् । शाहीले आफूले विगत आठवर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको बताइन् । ‘म आठ वर्षदेखि डिप्रेसनमा छु । आमाको निधनपछि डिप्रेसनमा छु । नियमति औषधि सेवन गरिरहेको छु’, उनले भनिन् । स्रोतका अनुसार उनले श्रीमानको दबाबमा परेर आफ्नो बोली फेरेकी छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार