Bal-Umang

Bal-Umang

समाजवादी पार्टी झापाको नेतृत्व चयन : अध्यक्षमा राई

विर्तामोड – समाजवादी पार्टी झापाकाे नयाँ नेतृत्व चयन भएकाे छ।

मंगलवार विर्तामोडस्थित अतिथि सदनमा भएको संघीय समाजवादी पार्टी नेपाल र नयाँ शक्ति पार्टीको जिल्ला समायोजन घोषणा भेलाले राईको नेतृत्व ९९ सदस्यीय जिल्ला समिति गठन गरिएको छ ।

यसअघि पनि संघीय समाजवादी पार्टी नेपालको गत वैशाख १० गते दमकमा सम्पन्न पहिलो जिल्ला अधिबेशनबाट राई अध्यक्षमा निर्वाचित भएका थिए ।

पार्टीका वरिष्ठ नेता अशोक राईको प्रमुख आतिथ्यतामा भएको जिल्ला समायोजन भेलाले सर्वसम्मत नर्वाचित गरेको हो । श्रेष्ठ,संगिता रौनियार,शिवन सुराली गर,सचिमा पुष्प पौडेल,सहसचिवमा अर्जुन कुमार राई,कोषाध्यक्ष .राजु खड्का चुनिएका छन् ।

पार्टीका केन्द्रीय उपाध्यक्ष युवराज कार्कीले पहिचानको मुद्दा हाम्राे पार्टीले मात्र बाेकेकाे बताएका छन्। उनले आफूले नेतृत्व गरेको पार्टी मुलुकको बैकल्पिक शक्ति भएको समेत बताए।

त्यस्तै पार्टीका केन्द्रीय उपमहासचिव दामाेदर खतिवडाले नेकपा र कांग्रेसले समाजमा पछि पारिएका समुदायको मुद्दा नबोकेकाले अब ती दलहरु बिस्तारै पछि पर्दै जाने दाबी गरे । उनले ती मुद्दासहित पहिचानको गतिलो मुद्दा समाजवादीले मात्र बोकेको बताए।

केन्द्रीय स्तरमा दुवै पार्टी एक भएपनि जिल्ला तहमा भने समायोजन भईसकेको थिएन् । झापामा दुवै पार्टीका जिल्ला नेता,कार्यकर्ताहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार