Bal-Umang

Bal-Umang

‘संविधानकाे प्रगतिशील पक्षलाई जोगाऔं, थप उपलव्धिका लागि संघर्ष गराैं’

आजको दिन र हाम्रो कर्तव्य

१ः आज वर्तमान संविधान जारी भएको दिन । संविधान जारी हुँदादेखि नै यो संविधानको पक्षमा दिपावली गर्ने पक्ष र कालो दिन मनाउने पक्ष देखा परेको हो । वस्तुत: संविधान जारी गर्दाको समयमा दिपावली गर्ने पक्ष, कालो दिन मान्ने पक्ष र कुनै प्रतिकृया नदिएर भित्रभित्रै असन्तुष्ट रहेको पक्ष गरी तीनवटा पक्ष थियो ।

यी तीन थरिमा आफैभित्र पनि एकरुपता थिएन । अहिले आइपुग्दा संविधानलाई मानेको भनिने पक्षभित्रै संविधानको पक्षमा वकालत गरेझैं गर्ने तर यसकाे मर्ममाथि छुरा चलाउने क्षद्म गतिविधि हावी हुँदै गएको देखिदैछ ।

त्यसैगरी वर्तमान संविधानमा खोट देखाउनेदेखि संविधानलाई सम्पूर्ण रुपमा अस्विकार गर्ने पक्ष भिन्नभिन्न उद्देश्यका साथ अघि बढेको देखिदैछ । यस्तोमा प्राप्त उपलव्धिलाई जोगाउँदै अपुग कुराहरुको प्राप्तिको लागि हाम्रो ध्यान केन्द्रीत हुनुपर्दछ। र विगतको द्वन्द्वकाे अवशेषहरुलाई समाप्त पार्दै भावी द्वन्द्वका आधारहरुलाई साघुरयाउँनु पर्दछ ।

२: अहिले मुख्यत: तीनवटा प्रवृति देखा पर्दै गएको छ ।

पहिलो, संविधानको पक्षमा वकालत गरेझैं गर्ने तर संविधानको मुल मर्ममाथि प्रहार गर्ने, अधिकारलाई जतिसक्दो केन्द्रीकरण गर्ने । भ्रष्टाचार, अनिमियतता, चर्को कर, फजुल तथा विलासी सुविधालाई प्रोत्साहित गरी संघीयताविराेधी जनमत तयार गर्ने ।

दोस्राे, संविधानकाे विरोध गर्ने, कालो दिन भनेर नभनेर, जानेर नजानेर प्राप्त उपलव्धिलाई कमजोर पार्ने काम उपयुक्त होइन । तर यसो हुँदैछ । किनभने अपूर्णताको वावजुद पनि वर्तमान संविधानको निर्माणको जग केन्द्रीकृत शक्ति र अधिकारको बाँडफाँड हुनुपर्छ भन्ने जगमा खडा भएको हो । कमजोरीको वावजुद यसकाे मर्म र भावनाको रक्षा हुनुपर्दछ ।

तेस्राे, प्रवृति छ- गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई अस्विकार गर्ने पक्ष । जो सम्पूर्ण रुपमा संविधानलाई अस्विकार गर्दछ । संविधान जारी गर्ने पक्षभित्र पनि यो प्रवृतिको छुपेरुस्तम समर्थक छन् भने संविधानकाे अपूर्णताको विरोधी जनमतलाई पनि भर्सक उपयोग गर्ने बहाना खोजिरहेका छन् उनीहरु ।

त्यसैगरी संविधानकाे प्रगतिशील पक्षलाई जोगाउने कामलाई कम महत्व दिने केवल कालो दिन मनाउने नाममा संविधानकाे धज्जी मात्रै उडाउनाले घुमाउरो गरी यो प्रवृतिलाई सघाउ पुर्याउने खतरा छ ।

यस्तोमा, संविधानकाे प्रगतिशील पक्षलाई चिनौं र जोगाउ ।
– कालो दिन मनाए पनि नमनाए पनि अपुरो अधुरो कुरालाई हासिल गर्ने गरि शक्ति आर्जन गरौँ ।
– न दिपावली न कालो दिन भन्नेमा धेरै अलमल नगरौं । तीन तहको निर्वाचनमा भाग लिनु, तीन तहकै सरकारमा सहभागी समेत हुनुले हामीले यो संविधानलाई ससर्त मानेकै हो । यसकाे अर्थ हो हामीले यो संविधानलाई आलोचनात्मक समर्थन गरेका छौं । र यो नै सही, उचित र आवश्यक अडान पनि हो ।
– प्राप्त उपलव्धिको रक्षा गरौं थप उपलव्धिको लागि संघर्ष गराै ।

(ध्यानबहादुर राईकोकाे फेसबुकबाट । उनी समाजवादी पार्टीका नेता हुन्)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार