Bal-Umang

Bal-Umang

खुशियालिको दिपावलि र कालो दिवस को विरोध पनि नगर्ने : समाजवादी पार्टी

काठमाडाैँ – सत्तारूढ दल समाजवादी पार्टीले संविधान दिवसको दिन कुनै कार्यक्रममा सहभागी नहुने निर्णय गरेकाे छ। असोज ३ गते संविधान दिवसको दिन खुशीयालीको रुपमा दिपावली वा विरोधको रुपमा कालो दिवस कुनै पनि कार्यक्रम नगर्ने निर्णय समाजवादी पार्टीले गरेकाे हाे।

उक्त पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख प्रशान्त सिंहका अनुसार २०७२ सालको विद्यमान संविधान त्रुटीपूर्ण एवम् अपूर्ण रहेकोले संविधान जारी भएको दिन कुनै कार्यक्रममा सहभागी नहुने पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्णय गरेको छ।

उक्त दिन संविधान संशोधनको अपरिहार्यता र आवश्यकता विषयक अन्तरक्रियात्मक कार्यक्रमहरु सात वटै प्रदेशको राजधानीमा गर्ने निर्णय बैठकले गरेको छ । समाजवादी पार्टी अहिले सरकारमै छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार