Bal-Umang

Bal-Umang

रूपन्देहीमा ५ लाखकाे लागि दिउँसै गाेली हानी हत्या!

रुपन्देही – रुपन्देहीमा लुटेरा समूहले एक व्यक्तिको गोली हानी हत्या गरेको छ । दिउँसो बैंकबाट रकम लिएर फर्किँदै गरेका ३७ वर्षीय महेन्द्र कुर्मीको रोहिणी गाउँपालिका ३ मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

कुर्मीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका कुर्मीलाई पच्छाउँदै आएको समूहले गोली हानेर ५ लाख रुपैयाँ लुटेको जिल्ला प्रहरी, कार्यालय रुपन्देहीका प्रमुख हृदय थापाले जानकारी दिए ।

गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ । स्थानीयका अनुसार कुर्मी बैंकबाट रकम निकालेर आउँदै गर्दा बाइकमा आएका डाँकाको समूहले गोली हानेको छन् । उनीहरुले कुर्मीसँग भएको रकम पनि लुटेको बताए। रुपन्देहीको रोहिणी क्षेत्र जिल्ला लुटपाट हुने स्थानमा पर्दछ। गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाकाे अनुसन्धानका लागि सीमावर्ती नाकामा प्रहरी परिचालन गरिएकाे छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार