Bal-Umang

Bal-Umang

तरुण दलमा विवाद : अध्यक्षले थमाए पद मुक्तकाे पत्र

काठमाडाैँ – आन्तरिक विवादमा फसेको नेपाल तरुण दलमा अध्यक्षले महासचिवलाई पदमुक्त गरेको पत्र दिएका छन् । अध्यक्ष जीतजंग बस्नेतले महासचिव भुपेन्द्रजंग शाहीलाई महासचिवसहित कुनै साधारण सदस्यसमेत नरहने गरी हटाएका हुन् ।

पदीय मर्यादा, जिम्मेवारी र नेपाली कांग्रेस र तरुण दलको आदर्श एवम् सिद्धान्त विपरीत गई अनुशासनहीन कार्यहरु गरेको हुँदा विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्थाअनुसार नेपाल तरुण दलको महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाइएको पत्रमा उल्लेख गरिएको छ ।

अध्यक्ष बस्नेत पार्टी सभापति शेरबहादुर देउवा निटक हुन् भने महासचिव शाही रामचन्द्र पौडेल समूहका हुन् ।

तीन वर्षअघि पोखरामा भएको अधिवेशनमा भागबण्डाबाट चार पदाधिकारी चयन गरिएपनि ९५ सदस्यीय केन्द्रीय समिति बन्न सकेको छैन । कार्यकाल सकिन्नै लाग्दा भने एकअर्कालाई निषेध गर्ने राजनीति सुरू गरेका छन् । पछिल्लो समय तरुण दलमा अध्यक्ष र महासचिवबीच विवाद हुँदै आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार