Bal-Umang

Bal-Umang

काठमाडौंमा गोली चल्यो, गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंको गोलढुंगा, फुलबारीमा गोली चलेको छ । गुण्डागर्दीमा संलग्न भएको आरोपमा खोजी सूचीमा रहेका साजन गुरुङ उर्फ नजोकलाई पक्राउ गर्ने क्रममा गोली चलेको हो । गुरुङलाई नियन्त्रणमा दुई राउण्ड गोली चलाएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।

‘प्रहरीलाई नै गोली प्रहार गर्न खोजेपछि प्रहरीले गोली चलाएको हो,‘ एसएसपी थापाले भने। विशेष सूचनाको आधारमा पुगेको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीसँग जम्काभेट भएपछि प्रहरीले दुई राउण्ड गोली फायर गरेको हो।

गुरुङ गुण्डा नाइके समिरमान सिंह बस्नेतका सहयोगीका रुपमा चिनिन्छन्। समिर अहिले केन्द्रीय कारागार सुन्धारामा छन्। कारागारमा रहे पनि भित्रबाट नै उनले अपराध गतिविधि गर्ने गरेको खुलेको छ। समिरको अपराधिक गतिविधिसंग जोडिएपछि मंगलवार मात्र गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापालाई केन्द्रीय अनुसन्धा व्यूरोको टोलीले नियन्त्रणमा लिएको थियो।

गुरुङले केही दिन अघि केही उच्चतहका प्रहरीलाई मार्ने धम्की दिएको एसएसपी थापाले जानकारी दिए। घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल र गोली समेत बरामद गरेको जानकारी दिएको छ।उनले निर्माण व्यवसायीसँग रकम असुल्ने गरेको प्रहरीसमक्ष उजुरी परेको थियो ।। स्रोतका अनुसार एक उच्च प्रहरी अधिकृतलाई हत्या गर्छु भनेर गुरूङले भनेको अडियो प्रहरी प्रधान कार्यालयसम्म पनि पुगेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार