Bal-Umang

Bal-Umang

पाल्पामा पहिरोको कहर : दुई परिवारका ६ जनाको मृत्यु

काठमाडाैँ – पछिल्लो समय मनसुन सक्रिय भएपछि परेको वर्षाले पहाडी क्षेत्रका जनता पहिरोका सामना गरिरहेका छन्। सोही क्रममा पहिरोमा पुरिएर पाल्पामा दुई परिवारको ६ जनाको मृत्यु भएको छ। बिहीबार राति सहिदमार्ग अन्तर्गत घर्तीगाउ–थबाङ खण्डको छेर्लाबाङमा पहिरो खस्दा घर पुरिएर उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ।।

पहिरोमा पुरिएर २८ वर्षीया शिरकुमारी बुढा र उनको ४ वर्षीय छोरा असल बुढाको मृत्यु भएको छ। त्यस्तै ३८ वर्षीय जय बुढा, उनकी श्रीमती ३६ वर्षीया मुलज्वती बुढा र उनका दुई छोरी ९ वर्षिया बेवस्ती र २ वर्षीया करिस्माको पनि मृत्यु भएको छ। शिरकुमारीका श्रीमान कमल बुढा रोजगारीका लागि विदेश छन।

आफ्नो घर सुरक्षित नभएपछि जय बुढाको परिवार छिमेकीको घरमा सुत्न आएका थिए। तर पहिरोले दुबै परिवारका ६ जनाको ज्यान लियो।सहिद मार्ग सडक आयोजनाले खनेको सडक समेत आएर घर पुरिएको हो। स्थानीयका अनुसार सहिदमार्ग निर्माणको जिम्मा लिएका ठेकेदार र कार्यालयले लापरवाही गरेकाले घरमाथि पहिरो खसेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार