Bal-Umang

Bal-Umang

‘बिपीको समस्या समाधान हुन्छ’

काठमाडाैँ – उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न सरकारले प्रक्रिया अघि बढाइसकेको बताएका छन् ।

सोमबार आयोजित विपी कोइरालाको १०५ औं जन्मजयन्ती तथा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको २६ औं वार्षिकोत्सव समारोहमा मन्त्री यादवले प्रतिष्ठानको समस्या समाधान गर्न सरकारले प्रक्रिया अघि बढाइसकेको बताए।

प्रतिष्ठानमा विगतमा देखिएको समस्या भविष्यमा नदेखिने गरी सरकारले समाधान गर्न चाहेको उनको भनाइ छ । प्रदेश नम्बर १ कै ठूलो स्वास्थ्य संस्था बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल समस्या देखा परेको भन्दै उपप्रधानमन्त्री यादवले सबै मिलेर नै समाधान गर्नुपर्नेमा जोड दिए ।

प्रतिष्ठानलाई सुधार गर्न समझदारी र सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार