ओली र मोदीले पाइपलाइन उद्घाटन गरेलगत्तै पेट्रोलिम पदार्थको मूल्य घट्यो

काठमाडौँ- भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको पाइप लाइन परियोजनाको नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हैदराबादबाट एकैसाथ स्वीच थिचेर बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको उद्घाटन गरेलगत्तै पेट्रोलियम पदार्थको मूल्य घटेको छ।

नेपाल आयल निगमले डिजेल/मट्टितेल र पेट्रोलको मूल्य घटाएको हाे। आज मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई/दुई रुपैयाँ घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। मूल्य घटेसँगै प्रतिलिटर डिजेल/मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १ सय ७ रुपैयाँ कायम भएको छ।

निगमले आजैदेखि भारतबाट पाइपलाइन मार्फत इन्धन भित्रयाउँदै छ। पाइपलाइनाबाट इन्धन भित्र्याउन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ।रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार